राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

मंसिर १३, २०८०

काठमाण्डौ – सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्श बमोजिम त्यस दिन निर्वाचन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।

त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताए। बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताए ।

उनले भने ,‘राष्ट्रिय सभाको जुन रिक्त सदस्य पद हुँदैछ । त्यसको पदपूर्तिको लागि २०८० साल माघ ११ गते चुनाव गर्ने भन्ने निर्णय भएको छ । निर्वाचन आयोगको परामर्श बमोजिम । नेपाल इन्जिनियरिङ सेवा तर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने । जाजरकोट केन्द्रबिन्दु भइ कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितहरुलाई अस्थायी आवास निर्माणको कार्य ढिला भयो भन्ने कुरा आएको छ । विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ढुक्क हुनुस्, देश बनाउँछौँ- महामन्त्री शाह

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

५० युनिटभन्दा बढी विद्युत खपतमा कर लगाउने सरकारको निर्णय गतल : कुलमान घिसिङ

नयाँ बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

‘पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ’

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

नेपाल चिकित्सकहरुको सम्मेलन सुरु

यो पनि पढ्नुहोस