काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माण हुने

मंसिर २१, २०८०

धुलिखेल – तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ ।

तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले पालिका उपाध्यक्ष दलमान थोकरको नेतृत्वमा सङ्ग्रहालय निर्माण र यसको महत्वको विषयमा पहिलो चरणमा सांस्कृतिक विज्ञ, सामाजिक सङ्घरसंस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम थालिएको हो ।

तेमाल गाउँपालिकाद्वारा आयोजित छलफलमा उपाध्यक्ष थोकर, मानवशास्त्री डा मुक्त सिं थोकर, अन्तर्रास्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमार घिसिङ, महासचिव जगत दोङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गायक विश्व दोङ, नेकपा माओवादी केन्द्र तेमालका अध्यक्ष समीर तामाङ र शिक्षा शाखाका प्रतिनिधि भीम तामाङलगायत सहभागी थिए ।

तामाङ संस्कृति, धर्म, भाषा र कलाको विकास तेमालबाट भएको र यसको संरक्षण र विकासको लागि तेमालले सङ्ग्रहालय निर्माण गर्न आवश्यक प्रक्रिया थालनी गरेको गाउँपालिका उपाध्यक्ष थोकरले बताए ।

‘पछिल्लो पुस्तालाई देखाउन र विश्वभरिबाट तामाङसम्बन्धी कला, वेषभूषा, धर्म, संस्कृति, भाषा आदि खोज्न आउने बेलामा सबैले पाउने गरी सङ्ग्रहालयमा सङ्ग्रहित गर्न पहल आवश्यक भएकाले प्रक्रिया अगाडि बढाएका हौंँ’, उनले भने, ‘करिब २७ देशमा तामाङ समुदायको बसोबास रहेको भन्ने छ, जहाँ तामाङ समुदायको बसोबास छ, त्यहाँका तामाङजातिको सबैखाले कला, संस्कृतिलाई समेत केन्द्रिकृत गर्नेगरी अन्तर्राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माण गर्ने अभियानमा जुटेका हौँ ।’

यसको लागि आवश्यक पर्ने जमिन पर्याप्त मात्रमा रहेको र केही भौतिक संरचना निर्माणसमेत भइसकेको अवस्थामा उक्त कार्यको लागि सम्भव हुने गाउँपालिकाले जनाएको छ । विगत चार वर्ष अगाडिदेखि नै तेमाल गाउँपालिका–७ स्थित सिङ्दानडाँडालाई छनोट गरी तामाङ सङ्ग्रहालय स्थापना गर्नको लागि प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा अझ त्यसलाई वृहत बनाउन लागिएको गाउँपालिका उपाध्यक्ष थोकरले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गर्मी छल्ने स्थल ‘तीन तलेभीर’

प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण

संसद्मा गंगादेवीको गर्जनः ‘ग्रेटर नेपालको नक्सा खै ? मन्त्रीहरूको सुनको बिल सार्वजनिक गरियोस्’

प्रतिनिधिसभाः व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न माग

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन

यो पनि पढ्नुहोस