जनताको आशा मर्‍यो भने त्यो देशका लागि दुर्भाग्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पुस ५, २०८०

काठमाडौं – संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले मंगलबार राखेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा आशा मर्न थालेको बताए । एनसेल प्रकरणमाथि छलफल गर्न बोलाइएको उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले जनतामा मर्दै गएको आशा जगाउन लागिपरेको पनि बताएका छन् ।

‘‘बोल्ड निर्णय गरेर जान चाहेको छु । किनकि आशा मर्न थाल्यो नेपालीको, जनताको आशा मर्‍यो भने त्यो देशका लागि दुर्भाग्य हुन्छ भनेर फेरि आशा जगाउने ढंगले एकपटक म बल गर्न खोज्दैछु’, प्रचण्डले भने ।

त्यही सम्बोधनमा उनले जनतालाई निराश बनाउन व्यवस्था विरोधीहरू लागिपरेको आरोप पनि लगाए । ‘नेपाल खत्तम छ, नेपाल सिद्धिइसक्यो, यहाँ भ्रष्टाचार बाहेक केही नै छैन । यहाँ रोजगारी छैन, यहाँ विकास हुँदैन । त्यसैले यो देशमा बस्नु बेकार छ भन्दै विदेश जाने प्रक्रिया चलेको छ । म त्योसँग असहमत छु’, प्रचण्डले भने ।

जनता निराश र उत्तेजित बनाउन व्यवस्था विरोधीहरू सक्रिय रहेको निष्कर्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई समेत सहमत गराएका छन् । गत २१ कात्तिकमा बालुवाटारमा सर्वदलीय बैठक राखेर व्यवस्था विरोधी शक्तिले जनतालाई अराजक र निराश बनाइरहेको निष्कर्ष प्रचण्डले सुनाएका थिए ।

१२ बुँदे पक्षधर भनेर प्रधानमन्त्री प्रचण्डले आफ्नो एजेण्डामा सहमत गराएका दलहरू सत्ता र प्रतिपक्षी मिलेर मंसिरको पहिलो साता विवादित व्यवसायी दुर्गा प्रसाईंसँग भिडे पनि । त्यसयता प्रसाईं नेतृत्व समूहको आन्दोलन सुस्ताएको छ । तर जनतामा उत्साह र आशा नरहेको निष्कर्षमा फेरि पनि राष्ट्रिय सहमति देखिन्छ ।

प्रतिपक्षी दलहरू मात्रै नभएर सत्तारुढ नेताहरू नै सरकारले जनतामा आशा ल्याउन नसकेको निष्कर्षमा छन् । बालुवाटारमा मंगलबार ३ पुसमा बसेको सत्तारुढ माओवादी केन्द्रकै पदाधिकारी बैठकमा समेत नेताहरूले जनतामा चरम निराशा रहेको रिपोर्टिङ गरे । ‘पार्टीकै सरकार हुँदा पनि कार्यकर्तालाई देशभित्र रोक्न सक्ने अवस्था देखिएन । हाम्रा पुराना कार्यकर्ता त आधा पनि पार्टीको अभियानमा आएनन् भन्ने प्रसंग नेताहरूले उठाउनुभयो’, एक पदाधिकारी भन्छन् ।

प्रमुख प्रतिपक्षी एमालेले जनतामा निराशा रहेको निष्कर्ष सहित गत १४ मंसिरदेखि १८ दिन लामो मध्यपहाडी संकल्प यात्रा नै गरेको छ । सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पनि जनतालाई तथ्य बुझाउन भन्दै अभियानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ