दोहोरी गीत प्रतिष्ठानले १० लाखको सामाजिक सहायता कोष स्थापना

पुस २१, २०८०

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ ।

यसका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’बाट संकलित रकमलाई अक्षयकोषको रुपमा राखिने प्रतिष्ठानले जनाएको छ । शुक्रबार आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कोषबाट दुःखी, पीडित कलाकारलाई मद्दत मिल्ने विश्वास लिइन् ।

भदौ १५ गते ‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना गरिएको थियो । सो कार्यक्रम आयोजनामा सघाउने सबैलाई धन्यबाद ज्ञापन कार्यक्रम शुक्रबार काठमाडौंमा आयोजना गरिएको थियो ।

उक्त अवसरमा रायमाझीले आफूले भाग्यमानी महसुस गरेको बताए । प्रतिष्ठानले हरेक बर्ष हरेक कलाकारको सांगीतिक साँझ गर्ने कुराले निरन्तरता पाओस् भन्ने आशा उनले व्यक्त गरे ।

प्रतिष्ठानले वार्षिकरुपमा अग्रज कलाकारमध्येबाट सांगीतिक साँझ आयोजना गर्ने घोषणा गरेको थियो । रायमाझीबाट यस्तो सांगीतिक कार्यक्रम सुरु भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङले सबै कलाकारलाई समेटेर सांगीतिक साँझ गर्नु गर्वको कुरा भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ