मागेसंक्रान्तीको दिन मैदीमा खुल्ला रक्तदान हुने

पुस २३, २०८०

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका –३ मैदीमा पाँचौ खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुनेभएको छ । संस्कृतिको जर्गेना र पृथ्वी नारायण शाहको ब्रतबन्ध स्थल ऐतिहासिक मैदिकोटको प्रचार–प्रसार र पर्यटन बिस्तार गर्ने तथा स्थानीयस्तरमा उत्पादित कृषि सामाग्रीहरुको प्रर्दशनी र प्रोत्साहन गर्ने उद्धेश्यले यहि पौष २९ गते र माघ १ गते पाँचौं खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सव हुँदैछ ।

महोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखाको आयोजना, वडा नम्बर ३ को कार्यालय, खड्गदेवी युवा क्लब, मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समिति, मैदी ग्रामिण कृषि बहुउद्धेश्यीय सहकारी संस्था लि.सा–आयोजना, लायन्स क्लब अफ काठमाण्डौं बल्ड सर्कल, लायन्स क्लब अफ काठमाण्डौं जुपिटरको सहकार्य र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा माघ १ गते रक्तदान कार्यक्रम हुनेभएको हो ।

खड्गदेवी मन्दिर परिसर मैदीकोटमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिन पनि आयोजकले सम्पूर्णमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

यो पनि पढ्नुहोस