चन्द्रमामा जापानको स्लिम सौर्य प्यानलले काम गर्न सरु

माघ १५, २०८०

जापानको चन्द्रमामा अवतरण गरेको यानको सौर्य प्यानलले काम गर्न सुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ ।

स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून ९स्लिम० ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ ।

जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, ‘हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।’

No data was found

‘हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं र १०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं,’ ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्ने पाँचौं राष्ट्र बनेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अल्जाइमर चेतना सम्बन्धी जेष्ठ नागरिकहरू र चिकित्सकबीच अन्तरक्रिया

बाख्रापालन प्रवद्र्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

यो पनि पढ्नुहोस