एमाले धादिङले तीन महिनाभित्र सबै वडा र पालिकाको अधिवेशन गर्ने

फाल्गुन १८, २०८०

धादिङले –नेकपा एमाले धादिङले तीन महिनाभित्र जिल्लाका सबै वडा र पालिका कमिटिको अधिवेशन गरिसक्ने भएको छ । जेठ मसान्तभित्र जिल्लाका एक सय चार वटै वटा र टोल कमिटिहरुको अधिवेशन गरिसक्ने एमाले धादिङको बैठकले निर्णय गरेको छ ।
२०८१ बैशाख १५ गतेभित्र सबै पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसक्नेछ । वडा र पालिकाहरुको इन्चार्ज समेत तोकेर पठाइसकेकोले तोकिएकै समयभित्र विवादरहित ढंगबाट अधिवेशन सम्पन्न गराइने नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बताए ।

उनले भने– ‘नेकपा एमाले धादिङले अधिवेशनको बेला भएका त्रुटिहरुलाई पनि आत्मसाथ गर्दै सिंगो एमाले पार्टीलाई आम जनताको साझा पार्टी बनाउदै सबैलाई समेटेर अगाडि बढ्नेछ ।’
वडा र पालिकाहरुको अधिवेशन सकिएलगत्तै पालिकाहरुले जनसरोकारका सवालहरुको पहिचान गरी त्यसको जनदबाबको योजना बनाई कार्यान्वयन गर्नेछ । जिल्लामा समेत जनसरोकारका सवालहरुको पहिचान गरी दबाबका कार्यक्रमहरु गर्ने एमाले धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)ले जानकारी दिए ।

नेकपा एमालेले पार्टीको विधान बमोजिम हरेक वर्षको फागुन र चैत्र महिना पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने महिनाको रुपमा रहेकोले २०८१ सालको सदस्यता नविकरणका लागि सम्पूर्ण पालिका कमिटीले योजना बनाएर अभियान संचालन गर्ने भएको छ । नवौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित नेताहरुलाई विशेष प्रशिक्षण दिएर नयाँ सदस्यता प्रदान अभियान थाल्न लागेको हो । सम्पूर्ण पार्टी सदस्य तथा नेताहरुलाई प्रशिक्षण दिएर सदस्यता नविकरण र नयाँ सदस्य बनाउने अभियान संचालन गर्ने योजना बनाएको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ट्रम्पका विशेष दूत नेपालका दुई मन्त्री भेट्दै

दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

सुनचाँदीको मूल्यमा केही गिरावट

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच   

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

यो पनि पढ्नुहोस