नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारीमा हाट बजार पुन सञ्चालनमा

चैत ३, २०८०

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारीमा आजदेखि पुनः हाट बजार सञ्चालनमा आएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ र लहरेपाखा सामुदायिक वनले संयुक्त रुपमा हाटबजार सञ्चालनमा ल्याएकोे हो ।

कोरोना र कृषकहरुमा जनचेतना जगाउन नसकेको कारण तथा तयारी अपुगका कारण विचमा हाटबजार सञ्चालनमा आउन नसकेको वडा अध्यक्ष बराईलीले जानकारी दिए । उनले भने–‘हाटबजारलाई नियमित सञ्चालन गर्नको लागि वडाले कृषिका लागि आवश्यक बजेट विनियोजन गर्ने, कृषि प्रर्वद्धन कार्यक्रमलाई आवश्यक तयारीहरु सबै पुरा गरेकोले हाटबजार आगामी दिनमा नियमित सञ्चालन हुने छ।’

वडाभित्रका स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, फलफूल, पशुजन्य वस्तुहरु बिक्रीको लागि हाटबजारमा राखिएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याईएको हो । हाटबजारले कृषिमा व्यावसायिकरण, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रवद्र्धन गर्न सहयोग मिल्ने वडा अध्यक्ष बराईलीले बताए ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस