नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारीमा हाट बजार पुन सञ्चालनमा

चैत्र ३, २०८०

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारीमा आजदेखि पुनः हाट बजार सञ्चालनमा आएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ र लहरेपाखा सामुदायिक वनले संयुक्त रुपमा हाटबजार सञ्चालनमा ल्याएकोे हो ।

कोरोना र कृषकहरुमा जनचेतना जगाउन नसकेको कारण तथा तयारी अपुगका कारण विचमा हाटबजार सञ्चालनमा आउन नसकेको वडा अध्यक्ष बराईलीले जानकारी दिए । उनले भने–‘हाटबजारलाई नियमित सञ्चालन गर्नको लागि वडाले कृषिका लागि आवश्यक बजेट विनियोजन गर्ने, कृषि प्रर्वद्धन कार्यक्रमलाई आवश्यक तयारीहरु सबै पुरा गरेकोले हाटबजार आगामी दिनमा नियमित सञ्चालन हुने छ।’

वडाभित्रका स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, फलफूल, पशुजन्य वस्तुहरु बिक्रीको लागि हाटबजारमा राखिएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याईएको हो । हाटबजारले कृषिमा व्यावसायिकरण, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रवद्र्धन गर्न सहयोग मिल्ने वडा अध्यक्ष बराईलीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास सम्भव छैन: मुख्यसचिव

वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दावी

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड