धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने

चैत्र २२, २०८०

धादिङ-पर्यटनको अथाह सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने भएको छ । गङ्गाजमुना गाउँपालिकामा रहेको धार्मिक एवम् प्राकृतिक सम्पदालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमार्फत विकास गर्नका लागि आज सो गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग सम्झौता गरेको हो ।

धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रुपमा रहेको गङ्गाजमुना तीनसुरे पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवं प्रवद्र्धनका लागि गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र टानका अध्यक्ष नीलहरि बाँस्तोलाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त पदमार्गले धादिङको रुवीभ्याली र गोरखा मनास्लु क्षेत्रलाई जोड्ने टानका अध्यक्ष बाँस्तोलाले बताए । उनले उक्त पदमार्गले नेपालको पदयात्रा प्रवद्र्धनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सम्झौतासँगै अब टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी गर्ने, पदमार्ग विकास तथा प्रवद्र्धन योजना तयारी गर्ने, पदमार्गको नयाँ नक्सा प्रकाशित गर्ने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए ।

यस्तै, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण गर्ने, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ पदयात्रा मार्गको शुभारम्भ गर्ने, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेछ । पछिल्लो समय स्थानीय तहको गठनसँगै स्थानीय तहले विकासका नाममा जथाभावी मोटरबाटो खन्दा कतिपय ‘ट्रेकिङ ट्रायल’हरु मासिँदै गएका जनाउँदै टानले नयाँ गन्तव्यको खोजी गरी प्रवद्र्धन गर्दै आएको छ ।
टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको बताए । उनले पछिल्लो समय सिन्धुपाल्चोकको माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण, काभ्रेपलाञ्चोकको चौँरीदेउराली र गोरखा तथा लमजुङमा नयाँ पदमार्ग निर्माणको काम गरिरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

आजको मौसम केही स्थानमा मध्यम वर्षारहिमपात, तराईमा तातो हावा

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

ट्राफिक कारबाहीमा चार लाख ७९ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस