मिस नेपाल २०२४ को अडिसन भोलि भरतपुरबाट सुरु

चैत्र २९, २०८०

काठमाडौं – मिस नेपाल २०२४ को यात्रा भरतपुरदेखि सुरु भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले क्षेत्रीय अडिसनको थालनी शुक्रबार भरतपुरबाट हुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह पनि सहभागी थिए । निर्देशक क्षेत्रीले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उनले बताए ।

मिस नेपाल सृच्छा र मिस इन्टरनेसनल प्रसिद्धिले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे । शुक्रबार अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ ।

जेठ १ गतेसम्मइच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ