अनाथ बालबालिकालाई निःशुल्क संगीत कक्षा

बैशाख ९, २०८१

काठमाडौं – नयाँ शैक्षिक सत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मंचले नक्सालस्थित बाल आश्रमका बालबालिकाको लागि संगीत अध्ययनको कक्षा थालेको छ ।

अहिले आश्रित २० जना बालबालिकाले निःशुल्क संगीत सिकिरहेको संस्थाका अध्यक्ष तथा गायक, संगीतकार ओम सुनारले बताए । बालबालिकाले गिटार, मादल, किबोर्डजस्ता वाद्यवादन र गायन कला सिकिरहेका छन् ।

साताको एक दिन संस्थाका पदाधिकारीले संगीत सिकाइरहेका छन् । अघिल्लो वर्ष पनि संस्थाले बाल आश्रमका विद्यार्थीलाई निःशुल्क संगीत सिकाएको थियो ।

No data was found

सिक्दै गरेका बालबालिकालाई संगीतका सामग्री जरुरी भएकाले मनकारीलाई सघाउन आग्रह गरिएको छ । अर्को वर्षदेखि अन्य अनाथ आश्रममा पनि संगीतको कक्षा थालिने भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

यो पनि पढ्नुहोस