अमेरिकाबाट आउँदै गरेका नेपाली यात्रुले आकाशमै महिलामाथि यौन दुर्व्यवहार

बैशाख ११, २०८१

दोहाबाट काठमाडौं आएको कतार एअरवेजको उडानमा एक जना पुरुष यात्रुले महिला यात्रु र चालक दलका महिला सदस्यमाथि दुर्व्यवहार गरेका छन् । गत बिहीबारको उडान नम्बर क्युआर ६४६ विमानमा अमेरिकाबाट आएका कृष्णप्रसाद कँडेलले अमेरिकाबाटै आएकी महिला यात्रुमाथि दुर्व्यवहार गरेको प्रहरी रिपोर्ट छ ।

अमेरिकी राहदानी नम्बर ६६४४१२९११ वाहक कँडेलले सँगैको सिटमा बसेकी महिलामाथि रक्सीले मातेर अश्लिल शब्द बोल्दै शरीरमा हात लगेको कतार एअरवेज ब्यवस्थापनले हालेको उजुरमा उल्लेख छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सोही दिन लेखेको पत्रमा यी सारा व्यहोरा खुलाइएको छ । कँडेलको सिट नम्बर ३५ जी थियो भने महिलाको ३५ ई ।

उनै महिला यात्रीको गुनासोपछि चालक दलका सदस्यले अर्को सिटमा सारे पनि कँडेलले अश्लिल शब्द बोल्न छाडेनन् । विमान अवतरण क्रममा शौचालय छिर्न खोज्दा एअर होस्टेसलाई पनि हातले छोएर दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । अति भएपछि विमानका क्याप्टेनले टावरमा खबर गरेको र विमान अवतरणलगत्तै उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको बिमानस्थलका महाप्रबन्धक निरौलाले बताए ।

No data was found

विमान अवतरणपछि दुर्व्यवहार भोगेकी महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दा आफ्नो परिचय खुल्ने र सामाजिक रुपमा अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनले नमानेको कतार एअरवेजको भनाई छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

यो पनि पढ्नुहोस