अमेरिकाबाट आउँदै गरेका नेपाली यात्रुले आकाशमै महिलामाथि यौन दुर्व्यवहार

बैशाख ११, २०८१

दोहाबाट काठमाडौं आएको कतार एअरवेजको उडानमा एक जना पुरुष यात्रुले महिला यात्रु र चालक दलका महिला सदस्यमाथि दुर्व्यवहार गरेका छन् । गत बिहीबारको उडान नम्बर क्युआर ६४६ विमानमा अमेरिकाबाट आएका कृष्णप्रसाद कँडेलले अमेरिकाबाटै आएकी महिला यात्रुमाथि दुर्व्यवहार गरेको प्रहरी रिपोर्ट छ ।

अमेरिकी राहदानी नम्बर ६६४४१२९११ वाहक कँडेलले सँगैको सिटमा बसेकी महिलामाथि रक्सीले मातेर अश्लिल शब्द बोल्दै शरीरमा हात लगेको कतार एअरवेज ब्यवस्थापनले हालेको उजुरमा उल्लेख छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सोही दिन लेखेको पत्रमा यी सारा व्यहोरा खुलाइएको छ । कँडेलको सिट नम्बर ३५ जी थियो भने महिलाको ३५ ई ।

उनै महिला यात्रीको गुनासोपछि चालक दलका सदस्यले अर्को सिटमा सारे पनि कँडेलले अश्लिल शब्द बोल्न छाडेनन् । विमान अवतरण क्रममा शौचालय छिर्न खोज्दा एअर होस्टेसलाई पनि हातले छोएर दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । अति भएपछि विमानका क्याप्टेनले टावरमा खबर गरेको र विमान अवतरणलगत्तै उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको बिमानस्थलका महाप्रबन्धक निरौलाले बताए ।

विमान अवतरणपछि दुर्व्यवहार भोगेकी महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दा आफ्नो परिचय खुल्ने र सामाजिक रुपमा अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनले नमानेको कतार एअरवेजको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस