राजनीतिक आस्थाको आधारमा गरिएको विभेद विरुद्ध कर्मचारी संगठन

बैशाख १९, २०८१

धादिङ-राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेको विभेदको विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घोष गरेको छ ।
स्थानीय तहको सरकारले गर्ने सरुवा, अनधिकृत रुपमा माक बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने, आदी क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकोले यस किसिमका हर्कत रोक्न नेपाल निजामती कर्मचारी संगठनले माग गर्दै बुधबार प्रशिक्षण कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रमलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, उपाध्यक्ष भवानी दहाल, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामचन्द्र ईटनी लगायतले सम्बोधन गर्दै कानुन विपरितका क्रियाकलाप नगर्न आग्रह गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिरबहादुर दुवाडीको अध्यक्षतामा भएको कार्यक्ररमा पेशागत हक हित पूरा गर्दै सुखि नेपाली समृद्ध नेपालको राष्ट्रिय लक्ष्य पूरा गर्न स्थाई सरकार कर्मचारी लाग्नु पर्ने बताईएको छ ।

पेशागत दक्षताका लागि संगठन सुदृढीकरण प्रशिक्षण कार्यक्रममाको नेपाल निजामती कर्मचारी संगठन, नेपाल जनस्वास्थ्य प्राविधिक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्र सेवक वहुद्देसिय सहकारी संस्थाले धादिङबेसिमा आयोजना गरेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच   

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

यो पनि पढ्नुहोस