ट्वान्टी–२०: एकै ओभरमा सागरले लिए दुई विकेट

बैशाख २२, २०८१

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले आठौँ ओभरको पहिलो बलमा जोन्सन चार्ल्सलाई गुमाएको हो । चार्ल्सलाई नेपालका सागर ढकालले ‘कट एन बोल्ड’ गरे । सोही ओभरको तेस्रो बलमा सागरले पाहुना टिमका मार्क डेयललाई आउट गरे । सागरले डेयललाई कप्तान रोहितबाट क्याच गराएका हुन् ।

त्यसअघि सागर ढकालले गरेको १।४ ओभरमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजका कदिम अलेयनेलाई उत्कृष्ट क्याच गर्दै पभेलियनको दिशा देखाएका थिए ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शिक्षा नियमावलीविरुद्ध आन्दोलनको घोषणा

बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

साउन ११ अर्थात सोमबारबाट नागढुंगा सुरुङ सञ्चालन हुँदै

एमाले र नेकपाबीच प्रदेशमा सहकार्य गर्ने सहमति

यो पनि पढ्नुहोस