काठमाडौंसहित केही स्थानमा अझै तीन दिन वर्षाको सम्भावना

बैशाख २५, २०८१

काठमाडौं – काठमाडौंसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । देशका केही स्थानमा अझै तीन दिन वर्षाको सम्भावना छ । मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको आइतबारयता काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा मापन गरिएको छ । यो अवधिमा हल्कादेखि मध्यमसम्म वर्षा मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।

पछिल्लो एक घण्टा ९दिउँसो १ बजे दिएको जानकारी०मा कोसी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

काठमाडौंका एकरदुई स्थानमा आज बिहान पनि वर्षा भएको उनले बताए । काठमाडौंमा दिउँसो र राति समेत वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

“काठमाडौंमा पनि दिउँसो, साँझ र राति वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।”

देशका धेरै स्थानमा बुधबार ९भोलि० पनि मौसम आजको जस्तै हुने सम्भावना छ । “भोलि ९बुधबार० पनि आजको जस्तै देखिन्छ,” उनले भने, “तर, देशभर एकैखालको हुँदैन । कहाँ, कतिखेर र कति पानी पर्छ भन्ने फरक–फरक हुन्छ । सबै ठाउँमा एकै किसिमको वर्षा हुने हुँदैन ।” काठमाडौंमा पनि बुधबार वर्षाको सम्भावना रहेको उनले बताए ।

उनका अनुसार, आउँदो बिहीबारसम्म काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । “अहिले स्थानीय वायु, पश्चिमी वायु, भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ,” उनले भने, “बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि पूर्वतिर परेको देखिन्छ ।”

आउँदो बिहीबारपछि पनि सुक्खा नै हुने स्थिति नदेखिएको उनले बताए । “हामी ९महाशाखा०ले बिहीबारसम्म बादल लाग्ने र वर्षाको पूर्वानुमान गरेका छौँ । हामीले दैनिक तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छौँ,” उनले भने, “त्यसपछि पनि खडेरी नै पर्ने स्थिति देखिँदैन । तर, धेरै दिन परको मौसमबारे ठ्याक्कै भन्न सकिँदैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ