काठमाडौ । नेकपा एकीकृत समाजवादी निकट युवाहरुले राष्ट्रियताका लागि दबाव कार्यक्रम गरेको छ ।
छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नरोकेको भन्दै युवा संघ नेपालले माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरेको हो । ‘हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामलामा नगर हस्तक्षेप’, ‘उठौ युवा एकै साथ, रोकौ भारतीय विस्तारवाद’ लगायत नारा सहित शनिबार दिउँसो युवा संघले प्रदर्शन गरेको छ ।
नेपालमा भारतीय हस्तक्षेप नरोकिएकाले प्रदर्शन गरिएको प्रवक्ता सञ्जिव राईले बताए । सरकारले सय रुपैयाँको नोटमा लिम्पियाधुरासहितको नेपालको नक्सा राख्ने निर्णय गरेपछि भारतीय पक्षले आपत्ति जनाइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0