सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

जेष्ठ १, २०८१

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सो अभ्यासअनुसार राष्ट्रपतिले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

यद्यपि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने उसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

ट्राफिक कारबाहीमा पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

आजको मौसम केही स्थानमा मध्यम वर्षारहिमपात, तराईमा तातो हावा

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

यो पनि पढ्नुहोस