पुरानाे घर फर्किए अधिकारी, रास्वपा पालिका कमिटि एमालेमा समाहित

जेष्ठ ३, २०८१


धादिङ -राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सभापति सहित टाेली नेकपा एमालेमा प्रवेश गरेका छन् ३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा धादिङबेसीमा आयाेजित नेपालकाे कम्युनिस्ट आन्दोलनमा मदन आश्रितकाे याेगदान विषयक कार्यशालामा रास्वपा छाडेर क्षेत्रिय सभापति सहितकाे नेत्रावती डबजाेङ गाउँ पालिकाकाे सम्पुर्ण टाेली एमालेमा प्रवेश गरेकाे हाे ।


रास्वपा धादिङकाे निर्वाचन क्षेत्र नम्बर २ का सभापति उत्तम अधिकारी, नेत्रावती डबजाेङ गाउँ पालिका समिति सभापति शुकबहादुर गुरुङ, सदस्यहरु सुजन मम्वा, कृष्ण लामा, शुकराम तामाङ, विशाल पाख्रिन लगायत रास्वपा पालिका कमिटि एमालेमा प्रवेश गरेकाे हाे । पार्टी प्रवेश गरेका अधिकारी पुर्व एमाले कार्यकर्ता हुन् । अधिकारीले आत्मालाेचना गर्दै एमालेमा रहेर जनताकाे पक्षमा समृद्धिका लागि काम गर्ने बताए ।


नेकपा एमाले केन्द्रीय अनुशासन आयाेग अध्यक्ष केशव बडालले रास्वपा टाेलीलाई एमालेमा स्वागत गर्दै देशभर एकताकाे सन्देश दिएकाे बताए ।


कम्युनिस्ट आन्दोलन एकताबद्ध र संगठित गरेर जनताकाे सेवामा काम एमालेलेमात्र गर्ने बडालकाे भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

यो पनि पढ्नुहोस

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण