पुरानाे घर फर्किए अधिकारी, रास्वपा पालिका कमिटि एमालेमा समाहित

जेठ ३, २०८१


धादिङ -राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सभापति सहित टाेली नेकपा एमालेमा प्रवेश गरेका छन् ३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा धादिङबेसीमा आयाेजित नेपालकाे कम्युनिस्ट आन्दोलनमा मदन आश्रितकाे याेगदान विषयक कार्यशालामा रास्वपा छाडेर क्षेत्रिय सभापति सहितकाे नेत्रावती डबजाेङ गाउँ पालिकाकाे सम्पुर्ण टाेली एमालेमा प्रवेश गरेकाे हाे ।


रास्वपा धादिङकाे निर्वाचन क्षेत्र नम्बर २ का सभापति उत्तम अधिकारी, नेत्रावती डबजाेङ गाउँ पालिका समिति सभापति शुकबहादुर गुरुङ, सदस्यहरु सुजन मम्वा, कृष्ण लामा, शुकराम तामाङ, विशाल पाख्रिन लगायत रास्वपा पालिका कमिटि एमालेमा प्रवेश गरेकाे हाे । पार्टी प्रवेश गरेका अधिकारी पुर्व एमाले कार्यकर्ता हुन् । अधिकारीले आत्मालाेचना गर्दै एमालेमा रहेर जनताकाे पक्षमा समृद्धिका लागि काम गर्ने बताए ।


नेकपा एमाले केन्द्रीय अनुशासन आयाेग अध्यक्ष केशव बडालले रास्वपा टाेलीलाई एमालेमा स्वागत गर्दै देशभर एकताकाे सन्देश दिएकाे बताए ।

No data was found


कम्युनिस्ट आन्दोलन एकताबद्ध र संगठित गरेर जनताकाे सेवामा काम एमालेलेमात्र गर्ने बडालकाे भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम

आज पनि बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस