मध्य तथा पश्चिम तराईमा तीन दिनसम्म तातो लहर चल्ने, सतर्कता अपनाउन आग्रह

जेष्ठ ३१, २०८१

काठमाडौं -मौसम पूर्मानुमान महाशाखाले आगामी तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ । बिहीबार साँझ विशेष बुलेटिनमार्फत महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन ९जेठ ३२ गतेदेखि असार २ गते०सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।

महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

No data was found

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी नहिँड्ने०, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटकपटक० पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउन आग्रह गरेकव छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

यो पनि पढ्नुहोस