मन्त्रालयको निर्देशन अटेर गर्दै त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत हुँइकिए काठमाडौं !

असार २७, २०८१

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपानेले तालुक मन्त्रालयहरुको निर्देशन विपरित कार्यक्षेत्र छोडेका छन् ।

मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर अनुमति बिना कार्यक्षेत्र नछोड्न नेपाल सरकारको गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको निर्देशनको अटेर गर्दै पाँच दिनको लागि काठमाडौं हुँइकिएका हुन् ।

निर्देशन अनुसार मनसुन अवधिभर सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्षेत्र छोड्नै पर्ने अवस्था आएको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्रै कार्यक्षेत्र छोड्न पाउनेछन् । तर, त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई कार्यक्षेत्र छोडेर कहीकतै जान अनुमति नभएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘उहाँले कार्यक्षेत्र छोड्नु भएको भन्ने सुन्नमा चाही आएको छ । मलाई जानकारी छैन’, पाण्डेले भने ।

No data was found

मनसुनको प्रभाव देशैभर फैलिरहेको र विभिन्न ठाउँमा बाढी, पहिरो, चट्याङ जस्ता दैवी प्रकोप सामना गर्नुपरिरहेको अवस्थामा स्थानीय विपद् व्यवस्थापन समितिले पूर्वतयारी, प्रतिकार्य र राहत उद्धारमा सानो कमजोरीले अकल्पनीय धनजनको क्षति हुन सक्ने र सरकारप्रति नागरिकको विश्वासमा समेत क्षयीकरण हुन जाने भन्दै गृह मन्त्रालयले अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह नछोड्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको निर्देशनसँगै सामान्य प्रशासन मन्त्रालयले असार २५ गते मंगलबार देशभरका प्रमुख प्रशासकीय अधिकृतहरुलाई आदेशसहित पत्र पठाएको छ । पत्र पठाएकै दिनबाट पाँच दिनको लागि न्यौपाने प्रमुख जिल्ला अधिकारीको अनुमति नलिईकनै कार्यक्षेत्र छोडेर बाहिरिएका हुन् ।

गाउँपालिकाका शिक्षा अधिकृत चम्पा भट्टलाई निमित्त दिएको बुझिएको छ । गाउँपालिकाका अध्यक्षलाई समेत आधिकारिक जानकारी नदिई काठमाडौंतिर हिडेका छन् । वर्षातको बेला आइपर्नसक्ने विपद्का घटना र नागरिकलाई वेवास्था गर्दै असारे मेलोको मैजारो गर्न काठमाडौं हुँइकिएको भन्दै सामाजिक संजालमा सांकेतिक रुपमा विरोध भइरहेको छ ।

यस्तो छ गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको निर्देशन

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

यो पनि पढ्नुहोस