आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई

साउन ३, २०८१

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपाललाई प्राप्त भएपछि सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन् ।

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेर बधाई दिएका हुन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले बताएका छन् ।

“हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको फेसबुक पेजमा लेखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार सुन्दर बनाउन राखिएका गमला अधिकांश भताभुङ्ग

विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

ट्राफिक कारबाहीमा पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

आजको मौसम केही स्थानमा मध्यम वर्षारहिमपात, तराईमा तातो हावा

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

यो पनि पढ्नुहोस