आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई

साउन ३, २०८१

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपाललाई प्राप्त भएपछि सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन् ।

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेर बधाई दिएका हुन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले बताएका छन् ।

“हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको फेसबुक पेजमा लेखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस