प्रधानमन्त्री ओली भन्छन्– राजनीतिक क्रियाकलापको अफिस बन्द हुँदैन

साउन ७, २०८१

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राजनीतिक क्रियाकलापको अफिस बन्द नहुने’ भन्दै मध्यरातमा नेकपा ९एमाले० र नेपाली कांग्रेसबीच सहमति भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले राजनीतिक दलहरूबीच ‘एम कि पीएम’मा सहमति गर्ने भनेर कहीँ कतै उल्लेख नभएको बताए ।

प्रधानमन्त्री ओलीलाई नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले मध्यरातमा किन सहमति गरेको रु उज्यालोमा सहमति गर्दा के हुन्थ्यो रु भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा ओलीले उक्त जवाफ दिएका हुन् ।

“पार्टीहरूका बीचका सहमति एमभित्र हुनुपर्छ कि पीएमभित्र, कति बजेर कति मिनेट जाँदा हुनुपर्छ, यस्तो कुनै कहीँ कतै छ र रु,” प्रधानमन्त्री ओलीले उल्टै प्रतिप्रश्न गरे ।

उनले सहमति जुनसुकै समयमा हुन सक्ने उल्लेख गरे । “पोलिटिकल एक्टिभिटीको अफिस अफ हुँदैन । घडीको अफिस अफ हुँदैन । समयको गति अफ हुँदैन,” उनले थपे, “समय गतिशील हुन्छ । त्यस बेला थकाइ लागेकाहरू सुत्छन् । थकाइ नलागेकाहरू बस्छन्, काम पनि गर्छन् । लेखक, चिन्तकहरू बस्छन् ।”

उनले विचारविमर्श गर्नेहरू आफ्नो अनुकूल अवस्थामा बस्ने भन्दै सानामसिना विषयमा टाउको दुखाएर समय खेर फाल्न आवश्यक नभएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ