तामाङ बाहुल्य बागमतीमा पहिलोपटक तामाङ मुख्यमन्त्री

श्रावण ९, २०८१

हेटौंडा । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशले पहिलो पटक तामाङ मुख्यमन्त्री पाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामा तामाङ समुदाय र काङ्ग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन् ।

२०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामा यसअघि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री भैसकेका छन् ।

प्रारम्भिक शिक्षा गाउँबाटै पूरा गरेर काठमाडौं छिरेका लामाले २०४३ सालमा काठमाडौको शंकरदेव क्याम्पसमा अध्ययकोलागि प्रवेश गरेसँगै नेपाल विद्यार्थी संघ(नेवि संघ) बाट आफ्नो राजनीतिक ‘करिअर’ सुरु गरेका हुन् । विद्यार्थी राजनीतिबाट काङ्ग्रेसको मुलधारको राजनीतिक यात्रामा प्रवेश गरेएता उनले काङ्ग्रेसको प्रभावशाली नेताहरु रहेको नुवाकोटबाट पार्टी केन्द्रीय सदस्य हुने अवसर प्राप्त गरेका थिए ।

No data was found

वर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकट लामाले २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि उनी संघिय सदस्यकै उम्मेदवारमा चर्चामा थिए । तर पार्टीले बागमतीको मुख्यमन्त्रीमा संभावना बोकेको उम्मेदवारको रुपमा उनलाई प्रदेशसभाको उम्मेदवार बनाएको थियो र उनले जित हासिल गरे ।

तर उनलाई बागमतीमा मुख्यमन्त्रीको लाईन क्लियर गर्न सहज भने थिएन । उनको बाटोमा कांग्रेस बागमती प्रदेशका प्रभावशाली नेता इन्द्रबहादुर बानिया खडा थिए ।

यस्तो छ बागमती प्रदेशमा जातीय अवस्था

नेपाल सरकारले २०७८ मा गरेको जनगणनाअनुसार बाग्मती प्रदेशको जनसङ्ख्या ६१ लाख १६ हजार ८६६ जना रहेको छ जसमा ३० लाख ६८ हजार १८२ महिला र ३० लाख ४८ हजार ६८४ पुरुष रहेका छन् । यस प्रदेशको जनसंख्याको नेपालको कुल जनसंख्याको २०.९७ प्रतिशत रहेको छ भने यस प्रदेश देशको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश समेत हो ।

बागमती प्रदेशमा सबैभन्दा धेरै तामाङ जातिको बाहुल्यता रहेको जनगणनाले देखाएको छ । यहाँ १९.९ प्रतिशत तामाङ जातिको बसोबास रहेको छ ।

दोस्रो नम्बरमा ब्राह्मण (पहाड) को जनसंख्या १७.८, क्षेत्रीको १७.४ र चौथो स्थानमा रहेको नेवारको जनसंख्या १५.६ प्रतिशत रहेको छ । बागमतीमा ५.१ मगर, २.७ विश्वकर्मा, २.३ गुरुङ, १.८ राई, १.८ थारु तथा १.५ प्रतिशत परियार बसोबास गर्छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

यो पनि पढ्नुहोस