‘शाम्बाला’ भदौ २८ मा रिलिज हुने, नेटफिल्क्समा पनि ल्याउने तयारी

श्रावण १२, २०८१

काठमाडौं – मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तय भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो फिल्म भदौ २८ गते ९सेप्टेम्बर १३०मा रिलिज हुने जानकारी दिइयो ।

यो ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्म फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशब्यापी प्रदर्शन गर्न लागेको हो । ‘हामीले यो फिल्मलाई नेपालब्यापी रिलिज गर्दैछौं’ लामो समयदेखि विदेशी फिल्मको वितरणमा समेत सक्रिय एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले भने ।

विश्व प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियरपछि यो फिल्म अगस्ट पहिलो साता स्वीटजरल्याण्डको लोकार्नोमा स्क्रिनिङ हुँदैछ । प्रतिष्ठत फेस्टिभलमा प्रदर्शनपछि निर्माता कम्पनी सुनी फिल्मसले यो फिल्मलाई स्वदेशमा रिलिज गर्न लागेको हो ।

No data was found

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम

आज पनि बढ्यो सुन-चाँदीको भाउ

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस