‘शाम्बाला’ भदौ २८ मा रिलिज हुने, नेटफिल्क्समा पनि ल्याउने तयारी

साउन १२, २०८१

काठमाडौं – मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तय भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो फिल्म भदौ २८ गते ९सेप्टेम्बर १३०मा रिलिज हुने जानकारी दिइयो ।

यो ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्म फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशब्यापी प्रदर्शन गर्न लागेको हो । ‘हामीले यो फिल्मलाई नेपालब्यापी रिलिज गर्दैछौं’ लामो समयदेखि विदेशी फिल्मको वितरणमा समेत सक्रिय एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले भने ।

विश्व प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियरपछि यो फिल्म अगस्ट पहिलो साता स्वीटजरल्याण्डको लोकार्नोमा स्क्रिनिङ हुँदैछ । प्रतिष्ठत फेस्टिभलमा प्रदर्शनपछि निर्माता कम्पनी सुनी फिल्मसले यो फिल्मलाई स्वदेशमा रिलिज गर्न लागेको हो ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस