Fri. Jul 4th, 2025

अविरल वर्षातका कारण डुबानमा काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र

काठमाडौं । अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका नदी आसपास क्षेत्र डुबानमा परेको छ।

मंगलबार रातिदेखि परेको पानीका कारण बागमती र यसका सहायक नदीहरू मनोहरा, कोड्कु, हनुमन्ते, कर्मनासा लगायत खोलाहरूमा जल सतह बढेको छ।

बागमती नदीले जल सतह पार गर्दा आसपासका बस्ती डुबानमा परेका हुन्। बल्खु तरकारी बजार, कुलेश्वर, त्रिपुरेश्वर करिडोर, रुद्रमती करिडोर डुबानमा परेका छन्।

ललितपुरतर्फ युएनपार्क करिडोर, च्यासल मैदान, नेकपा (एमाले)को पार्टी कार्यालय रहेको स्थान डुबानमा परेका छन्। त्यस्तै, चाङाथली, बाँडेगाउँ, कर्मनाशा खोला करिडोर क्षेत्र डुबानमा परेका छन्।

भक्तपुर दधिकोट, बालकोट, रातोपुल र हनुमन्ते खोला करिडोर पनि डुबानमा परुेको छ। बागमतीको बल्खुस्थित पुलमुनि पुरूषको शव फेला परेको छ। शवको पहिचानसमेत भएको छ।

About The Author

अन्य समाचारहरु: