अवरुद्ध सडक खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल

अशोज २८, २०८१

ताप्लेजुङ– सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ ।

सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । दसँैंको अन्तिम समयमा सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उहाँहरूको सुविधाका लागि तयारी गरिरहेका छन् ।

लगातारको वर्षाका कारण यही असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।

नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घटेको थियो । सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ