अमेरिकी पूर्व राष्ट्रपतिमाथि पुनः हत्या प्रयासको आशंका

अशोज २८, २०८१

अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि अर्को हत्या प्रयास भएको छ । सोही आरोपमा सुरक्षाकर्मीहरुले एक हतियारधारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।

सीएनएनका अनुसार ट्रम्पले गत शनिबार क्यालिफोर्नियाको कोचेलामा एक र्यालीलाई सम्बोधन गरेको बेलामा ती हतियारधारीहरु पक्राउ परेका हुन् । अभियुक्त आशंका गरिएका व्यक्तिको कारबाट एक थान भरुवा बन्दुक, एक थान ह्यान्ड गन र एक थान उच्च क्षमताको म्यागजिन बरामद भएको छ ।

४९ वर्षे वेम मिलरमाथि ट्रम्पलाई पुनः निशाना बनाइएकोमा संघीय अनुसन्धान ब्यूरो ९एफबीआई० ले अनुसन्धान थालेको छ । यसअघि पेन्सिलभानियाको बटलर शहरमा तीन महिनाअघि चुनावी सम्बोधनको क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गत सेप्टेम्बर १६ मा पनि ट्रम्पमाथि फ्लोरिडाको पाम बीच काउन्टीमा गल्फ खेलिरहेको अवस्थामा अर्को हमला प्रयास भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ