चलचित्र ‘एक्टर’को प्रदर्शन मिति माघ १६ गते

कार्तिक १, २०८१

काठमाडौं – प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । निर्माताले विहिबार विज्ञप्ति जारी गर्दै यो फिल्म कात्तिक १५ गते नआउने जनाएका हुन् । यो फिल्म अब माघ १६ गते प्रदर्शन हुने भएको छ ।

मानवीय र प्राविधिक कारणले निर्धारित मितिमा फिल्म प्रदर्शन हुन नसक्ने देखिएको निर्माताले जनाएका छन् । वितरक, पोस्ट प्रोडक्सन र अन्य नेपाली फिल्मको प्रदर्शनलाई समेत दृष्टिगत गर्दै प्रदर्शन सारिएको अदृत फिल्म्स र मोती फिल्म्सले जनाएका छन् ।

प्रदीपसहित आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइरालाको शीर्ष भूमिका रहेको फिल्मलाई राजन भुषालले निर्देशन गरेका हुन् ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घण्टाकर्ण पर्व मनाइँदै

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

बालुवा उद्योग विवाद र पालिका अध्यक्षको ‘इगो’: सिद्धलेक-७ नं. वडामा अनिश्चितकालीन तालाबन्दी

यो पनि पढ्नुहोस