भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

कार्तिक ५, २०८१

भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए ।

जसका कारण विमान ‘डाइभर्ट’ गर्नु परेको, उडानहरू रद्द भएका र यात्रामा ढिला भएको भारतको संघीय नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर पछि जाँच तथा छानविन गर्दा ती धम्कीहरु नक्कली भएको पुष्टि भएको छ ।

यसअघि गएको जुन महिनामा एकैदिन ४१ वटा विमानस्थलहरूले बम राखिएका धम्कीहरू इमेलमार्फत् प्राप्त गरेका थिए । आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने गरी भारतीय विमानसेवाहरूलाई लक्ष्य गरेर भइरहेका धम्की भारतीय हवाइ क्षेत्रको सुरक्षा र बलियो सञ्चालन क्षमतालाई कमजोर पर्ने प्रयास स्वरुप भएका देखिएको भारतका संघीय नागरिक उड्डयनमन्त्री किन्जरापु राम मोहन नायडूले बताउनुभएको बीबीसीले जनाएको छ ।

भारतमा झन्डै सात सयवटा व्यावसायिक यात्रुवाहक विमानहरू छन् । विमान आकाशमा नै उडिरहेको अवस्थामा बम भएको सूचना वा धम्की पाएमा त्यसलाई सबैभन्दा नजिकको विमानस्थलमा अवतरण गराउनैपर्ने हुन्छ । कुनै अवस्थामा त्यस्ता विमानलाई लडाकु जेटहरूले सुरक्षा दिएर अगुवाइ गर्दै लैजाने पनि हुन्छ ।

डाइभर्ट गरिएको विमान अवतरण गरिसकेपछि यात्रुहरूलाई ओरालिन्छ र त्यसमा रहेका सबै ब्यागेज, कार्गो र खानपिनको व्यवस्था भएको केटरिङमा पनि खानतलासी गरिन्छ । त्यो काम गरिसक्न केही घन्टा लाग्छ । यसले उडानमा ढिलाई हुन्छ । यी सबै कुराले खर्च र उडान व्यवस्थामाथि ठूलो भार पर्न जान्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ