नीता र हरिहर अभिनित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

कार्तिक २१, २०८१

काठमाडौं -चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

ट्रेलरको न्यारेटरको रुपमा छन् सरोज खनाल । प्रदीप रावतको क्यारेक्टर परिचयसँगै ट्रेलर सुरु हुन्छ । हरि र नारायणी नामक जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको छ । शीर्ष भूमिकामा हरिहर अधिकारी र नीता ढुंगाना छन् ।

ब्रम्हनन्दम, विपना थापा, सुनिल बर्मा, मोहम्मद अली, कुबीर दुहान, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, रविन्द्र झालाई पनि ट्रेलरमा चित्रण गरिएको छ । रेखा माताको भूमिकामा देखिएकी छन् । ट्रेलरमा एक्सन दृश्य पनि समेटिएको छ ।

‘कसैले नदेखेको, कसैले नसुनेको, यही युगबाट सुरु भएको हरि र नारायणीको कथा’ न्यारेटर समेत रहेका खनालले ट्रेलरमा भनेका छन् । नीता फिल्म्सले निर्माण गरेको यो फिल्म कात्तिक ३० गते नेपाल र भारतमा समेत रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

गल्छी सिद्दलेकमा खुसी छर्दै फानसेप आयोजना

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

यो पनि पढ्नुहोस