रास्वपा: दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय

कार्तिक २५, २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै, सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै यस कार्यको घोर भर्त्सना गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै

धादिङको बैरेनीमा तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरुको शिष्टाचार भेटवार्ता

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

घुस लिएको अभियोगमा मुद्दा दायर

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

स्वामस्थ्यन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

यो पनि पढ्नुहोस