‘परालको आगो’मा गौंथलीको भूमिकामा देखिँदै सुहाना थापा

मंसिर ७, २०८१

काठमाडौं– कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने सोही नामको फिल्मको शीर्ष अभिनेत्रीमा सुहाना थापा अनुबन्धित भएकी छन् ।

निर्माता कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट सुशिल पोखरेल र थापाबीच लिखित सहमति भएको छ । उनले यसको जानकारी सामाजिक संजालबाट पनि दिएका छन् ।

मैनाली कथा पुरस्कार ट्रस्टले केही दिनअघि ‘मर्म नबिग्रने’ सर्तमा फिल्म निर्माणको अनुमति दिएको थियो । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

फिल्ममा सुहानाले कथाको प्रमुख महिला पात्र गौंथली पात्रमा अभिनय गर्दैछिन् । ‘अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें’, थापाले भनिन् ।

मुख्य पुरुष पात्र चामेको भूमिका तय हुन बाँकी छ । फिल्मलाई ‘बुलाकी’ फेम्ड लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । प्रदर्शन २०८२ सालको दशैंमा तय गरिएको छ । यसअघि यो नाममा प्रताप सुब्बाले पनि फिल्म बनाइसकेका छन् । ‘परालको आगो’ कथामाथि दोस्रो पटक एडप्टेसन हुन लागेको हो ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । कथा ‘परालको आगो’मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस