त्रिविमा अध्ययन बिदा दुरुपयोग: गएर नफर्किने प्राध्यापकहरूको खोजी सुरु

मंसिर १०, २०८१

काठमाडौं– त्रिभिुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापक खोज्न थालेको छ । प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग भएको समाचार सार्वजनिक भएपछि त्रिविले आफ्नो शिक्षक कहाँ छन् भनेर खोजी गर्न लागेको हो ।

‘अध्ययन बिदामा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षकको तथ्यांक संकलन गर्न थालेका छौँ,’ राजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले भने, ‘कुन संकायको शिक्षक कहाँ छन्, कति विदेश छन्, कति फर्किए त्यसको तथ्यांक छैन । अब एक महिनाभित्र तथ्यांक संकलनको काम सक्छौं ।’

२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन । त्यसैले पहिलो चरणमा तथ्यांक संकलन गर्न लागिएको रजिस्ट्रार रिजालले बताए १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोडभन्दा धेरै हुन आउँछ ।

बिदा लिएर नफर्किने प्राध्यापकहरूको संख्या ५४ जना थियो । ५४ शिक्षकबाट मात्रै पनि ८ करोड बढी फिर्ता गर्नुपर्ने देखिन्छ । तर, नफर्किने शिक्षकको संख्या यो भन्दा धेरै रहेको छ । त्यसैले पूर्वउपकुलपतिहरूले छानबिन समिति बनाउन प्रस्ताव राखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ