केपी ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

मंसिर ११, २०८१

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन् ।पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।

“स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

प्रधानमन्त्री ओली भन्छन्-‘समाजवाद घोषणा गर्ने समय भएको छैन’

राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुग्दासम्म नरोकिने : अध्यक्ष लिङ्देन

असफलताबाट पाठ सिक्ने वेला आएको छ : सुहाङ नेम्वाङ

कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई