बक्स अफिस ‘ह्याट्रिक’पछि ‘डोरी’ छायांकनमा अञ्जना बराइली

मंसिर १३, २०८१

काठमाडौं-अभिनेत्री अञ्जना बराइली यतिबेला लगातार हिट फिल्मको सफलतामा सवार छिन् । ‘महापुरुष’, ‘पुजार सार्की’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ले उनको करिअरलाई शिखरमा पुर्‍याएको छ ।

चरित्रमा आफूलाई ढाल्न सक्ने खुबी भएकी अञ्जना पछिल्लो समय रुचाइएकी छिन् । ‘पूर्णबहादुरको सारङ्गी’मा उनले निर्वाह गरेको चरित्र बाटुली सशक्त चरित्र चित्रण हो, जसले छोराको भविष्यका लागि श्रीमानसँग लडाइँ लड्छिन् ।

उनै अञ्जनाले आइतबारदेखि आगामी फिल्म ‘डोरी’को छायांकन गर्ने तय भएको छ । बिहीबार ललितपुरमा फिल्मको शुभसाइत गरिएको छ । फिल्ममा अञ्जनासहित प्रवीण खतिवडा, शिशिर बाङ्देल, राज पौडेल, वीरेन्द्रसिंह कुशवाहा, विशाल राई, मिलन राई, कविता आले लगायतको अभिनय छ ।

No data was found

फिल्मलाई अरुण लामाले निर्देशन गर्दैछन् । निर्देशक थापाले फिल्मले सम्बन्धको कथा पेश गर्ने बताए । ‘फिल्मले डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो फिल्मका पात्र आ–आफ्ना तरिकाले बाँधिएका छन्’ थापाले भने ।

फिल्मले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई पेश गर्नेछ । अञ्जनाले पनि नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन् । उनी भन्छिन्, ‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैं रमाइलो लाग्छ । यसमा नयाँ आइडिया छ । यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ । मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु ।’

अभिनेता प्रवीण खतिवडाले फिल्ममा रहस्यमय कथा, सामाजिक यथार्थवाद र सस्पेन्स क्राइम’को संयोजन रहेको बताए । मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

नेपाल बिमा प्राधिकरणसँग छलफल

यो पनि पढ्नुहोस