क्यानडाको जङ्गलमा ५ हप्ताअघि हराएका युवक जीवितै भेटिए

मंसिर १३, २०८१

क्यानडाको ब्रिटिश कोलम्बियाको जङ्गलमा पाँच हप्ताअघि हराएका युवक जीवितै भेटिएका छन् । पाँच हप्ताअघि उत्तरी ब्रिटिश कोलम्बियाको जङ्गलमा पदयात्रा गर्न हिँडेका २० वर्षका साम बेनास्टिक जीविकै भेटिएका क्यानडाका प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था राम्रै रहेको खबरमा उल्लेख छ ।

जङ्गलमा अलपत्र परेको अवस्थामा बेनास्टिकलाई अस्ति दुई जना कामदारले देखेपछि उद्धार भएको थियो । उनी हिउँले ढाकिएको जङ्गलमा ३५ दिनसम्म हराएका थिए ।

गएको अक्टोबर ७ तारिखमा उनी १० दिनको पदयात्रा र माछा मार्नका लागि जङ्गल प्रवेश गरेका थिए । तर १९ तारिखसम्म पनि नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । उनी हराएको जङ्गलको तापक्रम माइनस ३० डिग्री सेल्सियसम्म रहेकाले कसरी बाँच्न सफल भए भन्ने आश्चर्यको विषय भएको प्रहरीले जनाएको छ ।

बेनास्टिकको खोजीमा ठूलो सङ्ख्यामा प्रहरी, खोज र उद्धार टोलीका साथै क्यानाडाली रेन्जर र स्वयंसेवकहरू संलग्न थिए । खोज अभियानमा हेलिकप्टर, विमान, ड्रोन र एक सय २० जना प्रशिक्षित स्वयंसेवक संलग्न रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ