एनपीएल: जनकपुर र सुदूरपश्चिमको सानदार जित

मंसिर २०, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेका छन् ।

जनकपुर बोल्ट्सले दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्‍यो ।जनकपुरको जितमा न्युजलायण्डका स्टार अलराउण्डर जिम्मी नीशमले अलराउण्ड प्रदर्शन गरे । बलिङमा २ विकेट लिँदै ब्याटिङमा अविजित ४० रन बनाएका उनी प्लेअर अफ दि म्याच बने ।

लगातार तेस्रो जितपछि जनकपुर ६ अंकहसित शीर्ष स्थानमा छ । यस्तै दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले हरायो ।

स्कटिस खेलाडी ब्राण्डन म्याकमुलेनको अर्धशतक अनी नपालका युवा स्पीनर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिमले सानदार जित हात पारेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ