विषाक्त पदार्थ प्रयोग गरी चोरी गर्ने लालमाया पक्राउ

भदौ २५, २०७२

pakrau

गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले विषाक्त पदार्थको प्रयोग गरी चोरी गर्दै आएकी गुल्मी खर्ककोट गाविसकी ४४ वर्षीया लालमाया पुनलाई पक्राउ गरेको छ ।

पोखरा उपमहानगरपालिका– १५ राम बजारबाट प्रहरीले पुनलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । पुनले पछिल्लो पटक असार २७ गते गोरखा नगरपालिका– ३ फिल्महल नजिकै रनमाया राणाको होटलमा रहेको खानामा विषाक्त पदार्थ प्रयोग हाली एक तोला बराबरको सुनको रिङ, डेढ तोला बराबरको सुनको सिक्री र नगद रु ६० हजार चोरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

No data was found

पुनले आफ्नो दुःख देखाएर, वृद्धवृद्धामात्रै बस्ने घर खोज्दै आश्रय लिने र धन सम्पत्ति चोरेर भाग्ने गरेकी थिइन् । विषाक्त पदार्थ मिसिएको खाना खाँदा गोनपा– ३ की रनमाया, गोनपा– १३ की सशीन न्यौपाने, ताङ्लीचोक गाविसका वर्षा थापा क्षेत्री, बगुवा गाविसका सुर्चन श्रेष्ठ, धादिङ कल्लेरीका कृष्ण श्रेष्ठ बिरामी भएका थिए ।

पुनलाई ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा भदौ २३ गते जिल्ला अदालत गोरखाबाट म्याद लिएर प्रहरी थप अनुसन्धान अघि बढाएको छ ।

साथै, प्रहरीले शङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेका १३ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ । बालकको नाम प्रहरीले गोप्य राखेको छ ।

यसैगरी, भदौ २२ गते १५ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरी कानमा लगाएको सुनको आधातोला रिङ चोरेर भागेका भूम्लीचोक गाविस– ६ का १७ वर्षीय अमृत श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठबाट प्रहरीले ४७ लालका सुनको दुई थान रिङ पनि बरामद गरेको छ । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एकैदिन छ हजार ४०० सयले बढ्यो सुनको भाउ

घण्टाकर्ण पर्व मनाइँदै

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

यो पनि पढ्नुहोस