रुवीभ्याली अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

पुस ३, २०८१

धादिङ । धादिङको बिकटमा पर्ने रुवीभ्याली गाउँपालिका–३ सेर्तुङमा रहेको रुवीभ्याली आधारभुत अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरणहरु उपलब्ध गराइएको छ ।

अस्पतालको सेवा तथा सुविधालाई सहज बनाउन हिमालयन हेल्थ केयरले प्रिन्टरसहितको भिडियो एक्सरे मेसिन, सेमी अटोमेटिक एनालाइजर मेसिन, वेवी वार्मर, एक ठाउँबाट अर्काे ठाउँमा बिरामी सार्नका लागि प्रयोग गरिने दुई वटा ट्रलीसहित उपकरणहरु उपलब्ध गराएको हो ।

उपकरणको सुरक्षित प्रयोग गर्न अस्पतालमा कार्यरत चार जना कर्मचारीलाई काठमाण्डौ बोलाएर आवश्यक तालिम दिइएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले बताए । उपकरण खरिद, तालिम र ढुवानी समेत गरी करिब १२ लाख बराबर खर्च भएको बस्नेतले जानकारी दिए ।

काठमाण्डौबाट तालिम लिएर फर्किएका कर्मचारीमार्फत सेर्तुङ पु¥याइएको सामानहरु गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, वडा नम्बर ३ का अध्यक्ष फे दोर्जे तामाङ, अस्पतालका इन्चार्ज जयप्रकाश भट्टलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको छ ।

हेल्थ केयरले विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको छ । हेल्थ केयरकै सहयोगमा रुवीभ्याली गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।

मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीको अस्पतालमा हेल्थ केयरले उपकरण उपलब्ध गराएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् ।

घर जलेर विचल्ली परिवारलाई नगद सहयोग
यसैगरी हिमालयन हेल्थ केयरले मंसिर ३० गते राती आगलागीका कारण घर जलेर विचल्लीमा परेका परिवारलाई नगद सहयोग गरेको छ । घर जलेर विचल्लीमा परेका रुवीभ्याली–१ लिङ्जोका मेन्जोम तामाङको परिवारलाई तत्काल आवश्यक गर्ने सामाग्री खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगद नै उपलब्ध गराइएको हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले जानकारी दिए ।

आगलागीले घर जलेर नष्ट भएपछि गाउँपालिकाले प्रहरी मुचुल्कासहित पठाएर सहयोग गरिदिन आग्रह गरेअनुसार तत्कालै ५० हजार उपलब्ध गराईएको र वडा अध्यक्ष पम्बर तामाङ मार्फत पीडित परिवारलाई उपलब्ध गराइएको पनि बस्नेतले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड