रुवीभ्याली अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

पुष ३, २०८१

धादिङ । धादिङको बिकटमा पर्ने रुवीभ्याली गाउँपालिका–३ सेर्तुङमा रहेको रुवीभ्याली आधारभुत अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरणहरु उपलब्ध गराइएको छ ।

अस्पतालको सेवा तथा सुविधालाई सहज बनाउन हिमालयन हेल्थ केयरले प्रिन्टरसहितको भिडियो एक्सरे मेसिन, सेमी अटोमेटिक एनालाइजर मेसिन, वेवी वार्मर, एक ठाउँबाट अर्काे ठाउँमा बिरामी सार्नका लागि प्रयोग गरिने दुई वटा ट्रलीसहित उपकरणहरु उपलब्ध गराएको हो ।

उपकरणको सुरक्षित प्रयोग गर्न अस्पतालमा कार्यरत चार जना कर्मचारीलाई काठमाण्डौ बोलाएर आवश्यक तालिम दिइएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले बताए । उपकरण खरिद, तालिम र ढुवानी समेत गरी करिब १२ लाख बराबर खर्च भएको बस्नेतले जानकारी दिए ।

No data was found

काठमाण्डौबाट तालिम लिएर फर्किएका कर्मचारीमार्फत सेर्तुङ पु¥याइएको सामानहरु गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, वडा नम्बर ३ का अध्यक्ष फे दोर्जे तामाङ, अस्पतालका इन्चार्ज जयप्रकाश भट्टलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको छ ।

हेल्थ केयरले विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको छ । हेल्थ केयरकै सहयोगमा रुवीभ्याली गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।

मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीको अस्पतालमा हेल्थ केयरले उपकरण उपलब्ध गराएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् ।

घर जलेर विचल्ली परिवारलाई नगद सहयोग
यसैगरी हिमालयन हेल्थ केयरले मंसिर ३० गते राती आगलागीका कारण घर जलेर विचल्लीमा परेका परिवारलाई नगद सहयोग गरेको छ । घर जलेर विचल्लीमा परेका रुवीभ्याली–१ लिङ्जोका मेन्जोम तामाङको परिवारलाई तत्काल आवश्यक गर्ने सामाग्री खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगद नै उपलब्ध गराइएको हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले जानकारी दिए ।

आगलागीले घर जलेर नष्ट भएपछि गाउँपालिकाले प्रहरी मुचुल्कासहित पठाएर सहयोग गरिदिन आग्रह गरेअनुसार तत्कालै ५० हजार उपलब्ध गराईएको र वडा अध्यक्ष पम्बर तामाङ मार्फत पीडित परिवारलाई उपलब्ध गराइएको पनि बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

बाढी प्रभावित गलौदीको सरसफाइमा फोकसको साथः लेदो र बालुवा पन्छाउन सुरु

धादिङमा अझै सुध्रिएन कांग्रेस : ढुंगाना र अधिकारी फेरी कित्ताकाट !

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

यो पनि पढ्नुहोस