धादिङ अस्पतालको नवनियुक्त अध्यक्ष सापकोटाद्धारा पदभार ग्रहण

पुस ११, २०८१

धादिङ -धादिङ अस्पतालको व्यवस्थापन तथा संचालन समितिका नवनियुक्त अध्यक्ष राधिका सापकोटाले आज पदभार ग्रहण गरेकी छिन्। आज एक कार्यक्रमका बीच सापकोटाले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै सापकोटाले अस्पताल संचालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले तीन वटा निर्णय गरेको बताएकी छिन् ।

जसमध्ये भवन निर्माणको लागि डिपीआर संशोधन गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराई निर्माण कार्य अगाडी बढाउने, डायलाईसिस सेवालाई थप विस्तार गरी डायलाईसिस सेवा लिन प्रतिक्षारत बिरामीहरुलाई सेवा प्रवाहको व्यवस्था मिलाउने र अस्पतालमा खानेपानी समस्यालाई समाधान गर्न प्रदेश सरकारसँग पहल गरी खोनपानीको डिपबोरिङ गर्ने निर्णय गरिएको सापकोटाले बताएकी छिन् ।

यहि पुष ७ गतेको मन्त्री स्तरीय निर्णबाट धादिङमा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालको सञ्चालन तथा व्यवस्थापन समिको अध्यक्षमा सापकोटालाई मनोनयन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ