धादिङ अस्पतालको नवनियुक्त अध्यक्ष सापकोटाद्धारा पदभार ग्रहण

पुस ११, २०८१

धादिङ -धादिङ अस्पतालको व्यवस्थापन तथा संचालन समितिका नवनियुक्त अध्यक्ष राधिका सापकोटाले आज पदभार ग्रहण गरेकी छिन्। आज एक कार्यक्रमका बीच सापकोटाले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै सापकोटाले अस्पताल संचालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले तीन वटा निर्णय गरेको बताएकी छिन् ।

जसमध्ये भवन निर्माणको लागि डिपीआर संशोधन गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराई निर्माण कार्य अगाडी बढाउने, डायलाईसिस सेवालाई थप विस्तार गरी डायलाईसिस सेवा लिन प्रतिक्षारत बिरामीहरुलाई सेवा प्रवाहको व्यवस्था मिलाउने र अस्पतालमा खानेपानी समस्यालाई समाधान गर्न प्रदेश सरकारसँग पहल गरी खोनपानीको डिपबोरिङ गर्ने निर्णय गरिएको सापकोटाले बताएकी छिन् ।

यहि पुष ७ गतेको मन्त्री स्तरीय निर्णबाट धादिङमा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालको सञ्चालन तथा व्यवस्थापन समिको अध्यक्षमा सापकोटालाई मनोनयन गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार सुन्दर बनाउन राखिएका गमला अधिकांश भताभुङ्ग

विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

ट्राफिक कारबाहीमा पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

आजको मौसम केही स्थानमा मध्यम वर्षारहिमपात, तराईमा तातो हावा

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

यो पनि पढ्नुहोस