सुशान्त केसीको गीत ‘बार्दली’माथि बने १० लाख टिकटक भिडियो

पुस १२, २०८१

काठमाडौं– सन् २०२४ गायक सुशान्त केसीको लागि फलदायी वर्ष रह्यो । उनको सांगीतिक व्यवस्थापन कम्पनी ग्यारेज इन्टरटेनमेन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो वर्षका उपलब्धिबारे चर्चा गरेको छ ।

विज्ञप्तिमा सुशान्तलाई सन् २०२४ कै सर्वाधिक स्ट्रिमिङ हुने नेपाली संगीतकर्मीको रुपमा चिनाइएको छ । ‘आर एण्ड बी, पप र परम्परागत नेपाली लोक तत्वको निर्वाध मिश्रणको साथ, सुशान्तले डिजिटल प्लाटफर्ममा रेकर्ड–ब्रेक सफलता हासिल गर्दै नेपाली संगीतको विश्वव्यापी धारणालाई पुनः परिभाषित गर्नुभएको छ,’ विवरणमा भनिएको छ ।

सन् २०२४ मा स्पोटीफाइमा सुशान्तलाई १७६ मुलुकबाट ४४ मिलियन पटक सुनिएको उल्लेख छ । ‘यो उपलब्धिले नेपालको सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा उनको हैसियतलाई पुष्टि गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको बढ्दो प्रभावलाई यसले प्रकाश पार्छ ।’

सुशान्तलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २० लाख नाघेको र ५३ करोड ५० लाख पटक हेरिएको जनाइएको छ ।

‘आमा, साथी, र रिसाउने भए’जस्ता गीतले सामूहिक रूपमा लाखौं भ्युज जम्मा गरेका छन्, जसले च्यानललाई विश्वभरका संगीतप्रेमीहरूको लागि भ्रमण गर्नैपर्ने गन्तव्य बनाएको जनाइएको छ ।

सुशान्तको पछिल्लो गीत ‘बार्दली’ सन् २०२४ कै सांस्कृतिक परिघटना बनेको जनाइएको छ । यो गीतलाई रिलिजको पहिलो महिनामै दुई करोड पटक हेरिएको उल्लेख छ । यो गीतबाट झण्डै १० लाख टिकटक भिडियो बनेको जनाइएको छ ।

‘यो कीर्तिमानले सबै उमेर र सांस्कृतिक पृष्ठभूमिका दर्शकसँग प्रतिध्वनि गर्ने सुशान्तको क्षमतालाई प्रमाणित गर्छ । साथै, विश्वव्यापी नेपाली आइकनको रूपमा आफ्नो विरासतलाई थप बलियो बनाउँछ,’ ग्यारेजले भनेको छ ।

न्युयोर्कको टाइम्स स्क्वायरस्थित प्यालेडियम हलमा आयोजित ‘उडी उडी’ वर्ल्ड टुरले उनको कलालाई विश्वभरका दर्शकमाझ पुर्‍याएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड