सुशान्त केसीको गीत ‘बार्दली’माथि बने १० लाख टिकटक भिडियो

पुस १२, २०८१

काठमाडौं– सन् २०२४ गायक सुशान्त केसीको लागि फलदायी वर्ष रह्यो । उनको सांगीतिक व्यवस्थापन कम्पनी ग्यारेज इन्टरटेनमेन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो वर्षका उपलब्धिबारे चर्चा गरेको छ ।

विज्ञप्तिमा सुशान्तलाई सन् २०२४ कै सर्वाधिक स्ट्रिमिङ हुने नेपाली संगीतकर्मीको रुपमा चिनाइएको छ । ‘आर एण्ड बी, पप र परम्परागत नेपाली लोक तत्वको निर्वाध मिश्रणको साथ, सुशान्तले डिजिटल प्लाटफर्ममा रेकर्ड–ब्रेक सफलता हासिल गर्दै नेपाली संगीतको विश्वव्यापी धारणालाई पुनः परिभाषित गर्नुभएको छ,’ विवरणमा भनिएको छ ।

सन् २०२४ मा स्पोटीफाइमा सुशान्तलाई १७६ मुलुकबाट ४४ मिलियन पटक सुनिएको उल्लेख छ । ‘यो उपलब्धिले नेपालको सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा उनको हैसियतलाई पुष्टि गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको बढ्दो प्रभावलाई यसले प्रकाश पार्छ ।’

No data was found

सुशान्तलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २० लाख नाघेको र ५३ करोड ५० लाख पटक हेरिएको जनाइएको छ ।

‘आमा, साथी, र रिसाउने भए’जस्ता गीतले सामूहिक रूपमा लाखौं भ्युज जम्मा गरेका छन्, जसले च्यानललाई विश्वभरका संगीतप्रेमीहरूको लागि भ्रमण गर्नैपर्ने गन्तव्य बनाएको जनाइएको छ ।

सुशान्तको पछिल्लो गीत ‘बार्दली’ सन् २०२४ कै सांस्कृतिक परिघटना बनेको जनाइएको छ । यो गीतलाई रिलिजको पहिलो महिनामै दुई करोड पटक हेरिएको उल्लेख छ । यो गीतबाट झण्डै १० लाख टिकटक भिडियो बनेको जनाइएको छ ।

‘यो कीर्तिमानले सबै उमेर र सांस्कृतिक पृष्ठभूमिका दर्शकसँग प्रतिध्वनि गर्ने सुशान्तको क्षमतालाई प्रमाणित गर्छ । साथै, विश्वव्यापी नेपाली आइकनको रूपमा आफ्नो विरासतलाई थप बलियो बनाउँछ,’ ग्यारेजले भनेको छ ।

न्युयोर्कको टाइम्स स्क्वायरस्थित प्यालेडियम हलमा आयोजित ‘उडी उडी’ वर्ल्ड टुरले उनको कलालाई विश्वभरका दर्शकमाझ पुर्‍याएको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

यो पनि पढ्नुहोस