स्विट्जरल्यान्डमा आजदेखि बुर्का लगाउन नपाइने, उल्लंघन गरे डेढ लाखसम्म जरिवाना

पुस १७, २०८१

काठमाडौं– स्विट्जरल्यान्डमा आजदेखि सार्वजनिक स्थानमा हिजाब तथा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । अरू कुनै पनि माध्यमबाट अनुहार छोप्न महिलालाई प्रतिबन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यस कानूनको उल्लंघन गरे एक लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

सन् २०२१ मा स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । त्यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको थियो । जुन आजदेखि लागु भएको छ ।

स्विट्जरल्यान्डभन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड र बुल्गेरियाले यस्तै कानुन बनाइसकेका छन् । नयाँ कानून लागु भएसँगै सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेस्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ