चीनमा भूकम्पका कारण साढे १ मिटरभन्दा बढी तलसम्म जमिन भासियो

पुस २४, २०८१

भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका छन् ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीसँग कुरा गर्दै भूकम्पका कारण केन्द्रविन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन एक दशमलव ६ मिटरसम्म तल भासिएको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

हिजो बिहान गएको भूकम्पका कारण एक सय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । २४ घण्टामा पाँच सय पटकभन्दा धेरै परकम्प गएका चिनियाँ समाचार संस्थाले जनाएका छन् ।

तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन् । अहिलेसम्म प्राप्त सबैजसो सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो ।

भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ नजिकै रहेको अतिप्रभावित शिगात्सेमा राति तापक्रम माइनस १८ डिग्री सेल्सिअस पुगेको थियो । शिगात्सेका अधिकारीहरूले तीन हजार ६ सय वटाभन्दा धेरै भवन भत्किएका र हजारौं मानिस बेघर भएको अनुमान गरेका छन् । सरकारको स्वामित्वमा रहेको पिपल्स डेली पत्रिकाका अनुसार तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ