धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी मनोनित

माघ ६, २०८१

धादिङ । धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । गत पुष २६ र २७ गते सम्पन्न संघको ११औं अधिवेशनबाट निर्वाचित सदस्यहरुबाट कार्यसमिति पदाधिकारी मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।

विधानमा व्यवस्था भए अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने र बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ । निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले उपाध्यक्ष (चार जना), महाचिव (एक जना), कोषाध्यक्ष (जना) र सचिव (तीन जना) मनोनित गरेको हो । संघको विधान २०४८ (सातौं संसोधिन समेत) को दफा २१.१ र २१.२ बमोजिम उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी (महिला) लाई मनोनित गरेको छ ।

महासचिवमा तिलक सिंखडा, कोषाध्यक्ष तिलक प्रसाद ढुंगाना, सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी यसअघि नै निर्वाचित भइसकेका छन् ।

पदाधिकारी मनोनित गरेसँगै आइतबार बसेको संघको पूर्ण बैठकले धादिङ उद्योग वाणिज्य संघको वेवसाइट निर्माण गर्ने र सदस्यहरुको विवरण डिजिटलाईज गर्ने निर्णय गरेको छ । धादिङ उद्योग वाणिज्य संघले सचिवलायबाट प्रदान गरिरहेको पान सेवा र आयकर सेवा बापतको शुल्क पाँच सय लिँदै आएकोमा घटाएर आजैबाट लागुहुने गरी ५० रुपैंयामा ल्याएको छ । व्यवसायीहरुलाई सहज बनाउन शुल्क घटाइएको अध्यक्ष डल्लाकोटीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ