चितवनमा प्रहरीले युवक कुटेको भिडिओ भाइरल भएपछि छानबिन गर्दै प्रहरी

माघ ७, २०८१

प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जालमा भाइरल छ।

पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ। यो भिडिओ सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।

चेकिङमा खटिएका एक जना प्रहरीले युवकमाथि बुटले हिर्काएको भिडिओमा देखिन्छ। ‘पावर देखाएको’, ‘फोन गरेको’, भन्दै ती युवकमाथि निर्घात कुटपिट गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस