यू–१९ महिला विश्वकप : नेपाल ७ बलअघि नै अलआउट

माघ ७, २०८१

मलेसियामा जारी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अन्तिम ७ बल अघि नै अलआउट हुँदै ७३ रनमा समेटिएको हो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। साबित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर साना प्रधीन १ रनमा आउट हुँदा ज्योत्स्निका मरासिनी र किरण कुँवरले समान ४ रन बनाए। सीमाना केसी १, एलिसा यादव ३ र रिया शर्मा २ रन बनाउँदै आउट भए। रचना चौधरीले शून्य रनमै आउट हुँदा अनु कडायत ५ रनमा नटआउट रहिन्।

स्कटल्यान्डका लागि मइसी मसेइराले ५ विकेट लिइन्। अमेली बाल्डी र नयमा सेखले समान २ विकेट तथा क्रिस्टी मक्कुलले एक विकेट लिइन्।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल सिपर ६ मा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा छ। तर ब्याटिङ राम्रो हुन सकेन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गर्मी छल्ने स्थल ‘तीन तलेभीर’

प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण

संसद्मा गंगादेवीको गर्जनः ‘ग्रेटर नेपालको नक्सा खै ? मन्त्रीहरूको सुनको बिल सार्वजनिक गरियोस्’

प्रतिनिधिसभाः व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न माग

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन

यो पनि पढ्नुहोस