'प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका हर्क साम्पाङलाई समय नदिएपछि….'

माघ ८, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ समय नदिएपछि फर्किएका छन् ।

मंगलबार धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार पुगे पनि समय नदिएपछि मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर फर्किएका हुन् ।

मेयर साम्पाङले आजै प्रधानमन्त्रीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका थिए । प्रधानमन्त्री सचिवालयले भने प्रधानमन्त्रीको आज हर्कराज सम्पाङसँग भेटघाटको कार्यक्रम नै तय नभएको जनाएको छ ।

सचिवालयले भन्यो, ‘प्रधानमन्त्रीको आज हर्कराज सम्पाङसँग भेटघाटको कार्यक्रम नै तय भएको थिएन । प्रधानमन्त्रीको आज त विहानैदेखि भेटघाटको कार्यक्रम सेड्‍युड टाइट थियो । त्यसकारण पनि भेट हुन सकेन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता