अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि लियो उग्ररुप

माघ १०, २०८१

काठमाडौं -अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ ।

अहिले आगो लागेको कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा हो । यसको नजिकमा धनीहरुको बस्ती र स्कुलहरु छन् ।

यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ ।

यद्यपि यो डढेलोले अहिलेसम्म कुनै पनि घर वा संरचनामा क्षति पुगेको छैन । तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लसएन्जलस क्षेत्रको आगो निभाउन टोली परिचालन गरिएको छ ।

यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो । यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रको ठूलो हिस्सा सखाप पारेको थियो । डढेलोको चपेटामा परेर २५ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ