सुक्खा समय सुरु भएसँगै बढ्न थाल्यो आगलागी र डढेलोका घटना

माघ १३, २०८१

काठमाण्डौ – हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । मध्य माघ भइसक्दा पनि यसपालि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । यसले कृषि क्षेत्र प्रभावित हुनुका साथै वायु प्रदूषणसँगै आगलागी र डढेलोका घटना बढ्न थालेको विज्ञले बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काभ्रेको बेथानचोक गाउँपालिका–३ को नाराणस्थान सामुदायिक वन र जनजागृति सामुदायिक वन तथा वडा नम्बर–५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो नियमन्त्रणमा आउन सकेको छैन ।

सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ । नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।

No data was found

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ । उनको आगलागी र डढेलोका घटना न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट र डेडिकेटेड संरचना बनाउन पनि उनको सुझाव छ ।

विपद् हेर्ने एकल अधिकार पालिकामा रहेको भन्दै शर्माले उनीहरूको क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जनसहित समयानुकूल बनाउनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीरको सडक तयार, भोली बिहानदेखि नियमित संचालन

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

यो पनि पढ्नुहोस