नेवारी परिकार : धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण !

माघ १६, २०८१

धादिङ । नेवारी खानाको परिकार धादिङ लोक साँस्कृतिक महोत्सवको आकर्षणको रुपमा परिचित बनेको छ ।

समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सव पुगेका सबैको ध्यान आकर्षित गराएको छ ।

महोत्सवको स्टेज नजिकै झिंगु नेवा: समाज धादिङले संचालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरुको घुइँचो नै लागिरहेको छ । स्टलमा खटिएर स्वाद चखाउदै गरेका हरि कुमार श्रेष्ठ भन्छन्-‘यहाँ आइपुग्नुहुने सबैले नेवारी खानेकुरा चाखौं न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ ।’

महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल नभएको होईन । तर, मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आईपुग्ने गरेका छन् । एकपटक स्वाद चाखेर फर्किएकाहरु अर्को पटक परिवारलाई नै लिएर परिकार चाख्न आइपुग्ने गरेको झिँगु नेवा: समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेवारी परिकार अन्य खाना खाजाको भन्दा फरक स्वाद हुने भएकोले पनि अवलोकनमा आइपुग्नेहरुको रोजाइमा परेको हो । ‘नेवारी परिकार धादिङका बजारहरुमा पनि सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुन्थ्यो’, गल्छी गाउँपालिका-८ बाट महोत्सव अवलोकनमा आएको बेला नेवारी परिकार खाँदै गरेका कान्छो नारायण श्रेष्ठ भन्छन्-‘महोत्सव आउँदा अर्गानिक नेवारी परिकारका स्वाद खान पाईयो ।’

सुरुका दिनमा खासै चहलपहल थिएन दोस्रो तेस्रो दिनदेखि भ्याई नभ्याई छ,श्रेष्ठले भने, ‘यहाँ आउने ग्राहकहरुले अन्य परिकारको तुलनामा यमरी सबै भन्दा धेरै मन पराइदिनुभएको छ ।’ हेर्दा ममः जस्तै लाग्ने तथा ममः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमरी बनाउन निक्कै समय खर्चिनुपर्छ ।

सयौँ वर्षदेखि योमरी पुन्हीका दिन नेवार समुदायले योमरी बनाइ खाने प्रचलन भए पनि विस्तारै बजारमा योमरी बनाइ बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो ।  अध्यक्ष श्रेष्ठका अनुसार दैनिक ७० हजार देखि ८० हजारसम्म कारोबार हुने गरेको छ ।

नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

नेवारी खाजा सदरमुकाबासीका लागि नयाँ परिकार नभएपनि जिल्लाका गाउँवस्तिबाट आएकाहरुको लागि भने नौलो  खाजा बन्न पुगेको छ । पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । केही समय अगाडि सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय गजुरीले नेवारी परिकार बनाउने तालिम उपलब्ध गराएपछि सदरमुकाम धादिङबेसीमा नेवारी खानाको परिकारको लोकप्रियता अझ बढेको छ ।

गएको मंसिर २९ र ३० गते धादिङबेसिमा झिगु नेवा: समाजले प्रथम धादिङबेसि सडक नेवा खाना उत्सब आयोजना गरेर सदरमुकामबासीलाई नेवारी खानाको स्वाद भरपुर चखाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ